Skip to content
LAXMI SUNRISE BANK

रन्जु दर्शनाले राष्ट्र बैंक र राष्ट्रिय बाणिज्य बैंकमा फरक छुट्याउन नसक्दा बैंकरहरु नै ट्वाँ !

अर्थ सरोकार

काठमाडौँ । प्रतिनिधि सभामा सांसद रन्जु दर्शनाले बैंकबाट सुन लुटिएको कुरा उठाईन् । तर राष्ट्रिय बाणिज्य बैंक लुटिएपछि ग्राहकको सुन हराएको विषयमा उनले राष्ट्रिय बाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंक भनिदिइन् । सो भिडियो सार्वजनिक भएपछि अहिले बैंकरहरु नै ट्वाँ परेका छन् ।
‘नेपाल राष्ट्र बैंकमा सुन थियो, कान मेरो बुच्चै भनजस्तै , नेपाल राष्ट्र बैंकबाट सुन धितो राखेर ऋण लिनुभएकाहरुले भदौ २४ गते जुन सुनहरु लुटियो, त्यसपछि सुन पनि पाउनुभएको छैन, सुनको बजार दाम पनि पाउनुभएको छैन, लौन सरकार उहाँहरुको हारगुहार पनि सुनिदिनुपर्यो ।’ दर्शनाले संसदमा बोल्दै भनेकी छिन् ।
तर सुन लुटिएको राष्ट्र बाणिज्य बैंकमा हो, राष्ट्र बैंकमा होइन । राष्ट्र बैंकले सर्वसाधारणसँग कारोबार नै गर्दैन । दर्शनाले आफैँले यो भिडियो सार्वजनिक गरेपछि बैंकरहरु नै ट्वाँ परेका छन् ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK