काठमाडौँ । भोटेकोशीमा आएको बाढीबाट प्रभावितका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नाइमाले बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको हो ।
सहयोग बापत उक्त रकम नाइमाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने पनि निर्णय गरेको छ ।
बाढीपछि आर्थिक, यातायात तथा लजिस्टिक जस्ता माध्यमबाट उद्धार र राहतमा सहयोग गरिरहेको नाइमाले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावितका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको नाइमाले जनाएको छ ।
यता नाडा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले भने बाढी प्रभावितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
नाडाका सभापति अनुप बरालले भने सहयोगलाई सानो वा ठूलोको रुपमा नभएर सहयोगकै रुपमा लिनुपर्ने बताएका छन् । बाढी पश्चात प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनामा आफूहरुले सकेको सहयोग गरेको उनको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्