काठमाडौँ । भोटेकोशी बाढीमा एनएमबि बैंकका ४ कर्मचारी हराएका छन् । बुधबार बिहान करिब ९ बजे तिब्बतबाट एक्कासि आएको बाढीमा बैंकको टिमुरे शाखामा कार्यरत ४ कर्मचारी हराएका हुन् ।
एक सूचना जारी गर्दै बैंकले टिमुरे शाखाका कार्यरत धर्मराज रिमाल, नबिन गौतम, सुभाष रावल र अर्जुन पण्डित हराएको पुष्टि गरेको छ ।
बैंकले सोही सूचनामार्फत हराएका बैंकका कर्मचारीलाई कसैले देखेमा, भेटेमा वा उनीहरुको अवस्थाबारे कुनै जानकारी प्राप्त भएका बैंकमा जानकारी गराइदिन अनुरोध गरेको छ ।
हाल हराएका बैंकका कर्मचारीको खोजीकार्य भइरहेको बैंकले जनाएको छ । बैंकका अनुसार बाढीपछि उनीहरु सम्पर्कविहीन छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्