Skip to content
LAXMI SUNRISE BANK

राइडरको प्रदर्शनः न्यायपूर्ण भाडादर कायम गर्न माग (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँमा राइडरहरुले प्रदर्शन गरेको छ । स्वतन्त्र चालक फाउण्डेसन नेपालले राइडरहरूको हकहित र न्यायपूर्ण भाडादरको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो । 

पछिल्लो समय राइडरहरूले भोग्दै आएका समस्याहरूको समाधान र श्रमको उचित मूल्याङ्कन हुनुपर्ने मागसहित प्रदर्शन गरिएको फाउण्डेसनले जनाएको छ । 

प्रदर्शनमा सहभागीहरूले ‘हाम्रो श्रमको उचित मूल्य देऊ’, ‘आर्थिक शोषण बन्द गर’, ‘कमिसन घटाउ, न्याय बढाऊ’ र ‘न्यायपूर्ण भाडा हाम्रो माग’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा उनीहरूले न्यायपूर्ण भाडादर निर्धारण गर्न, कम्पनीहरूले लिने कमिसनलाई सीमित गर्न तथा राइडरहरूको बीमा र सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन् । यसका साथै, राइडरहरूमाथि समान कल्याणकारी व्यवहार हुनुपर्ने र राज्यको नीति निर्माण प्रक्रियामा आफूहरूको सक्रिय सहभागिता गराइनुपर्ने विषयमा समेत उनीहरूले जोड दिएका छन् । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK