काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । कम्पनीले आगामी असोज ३ गते सामाखुसी फुटसलमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा नेपाल बीमा प्राधिकरणसहित जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीका कर्मचारीहरूको सहभागिता रहने जनाइएको छ ।
‘Protecting Every Risk, Celebrating Every Goal’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताको उद्देश्य बीमा क्षेत्रका कर्मचारीबीच आपसी समन्वय, सद्भाव र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै स्वस्थ जीवनशैलीप्रति जागरूकता बढाउनु रहेको कम्पनीले जनाएको छ ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । कम्पनीका अनुसार पहिलो संस्करणमा बीमा क्षेत्रका विभिन्न संस्थाबाट उत्साहजनक सहभागिता भएको थियो ।
पहिलो संस्करणको सफलताबाट उत्साहित हुँदै यस वर्ष पनि बीमा क्षेत्रका विभिन्न संस्थाहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको नेपाल इन्स्योरेन्सले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्