काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको खुद नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ८२.९६ प्रतिशतले बढेको हो । असार मसान्तसम्ममा बैंकले १ अर्ब १८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ६४ करोड ५६ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६४ करोड ४३ लाख रुपैयाँबाट बढेर २ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको इम्पेरमेन्ट चार्ज ९५ करोड ४ लाख रुपैयाँबाट घटेर २० करोड ७९ लाख रुपैयाँमा पुगेको छ । इम्पेरमेन्ट चार्ज घट्दा बैंकको नाफा बढेको हो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा बढेर १ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ९१ करोड ११ लाख रहेको थियो ।
त्यस्तै, असार मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा ८४ करोड ६४ लाख रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पूँजी ५ अर्ब २ करोड १९ लाख रुपैयाँ पुगेको छ भने सञ्चित नाफा र अन्य जगेडा कोष गरी कुल कोष २ अर्ब ९८ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि १०.२८ रुपैयाँले बढेर २३.५२ रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १५९.४८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.६४ गुणा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्