Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंकको नाफामा सामान्य सुधार, इपिएस पनि टुच्च बढ्यो

अर्थ सरोकार

काठमाडौँ । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ४.५४ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा बैंकले कुल ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४३ करोड रुपैयाँबाट बढेर ९ अर्ब ५ करोड ११ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी पनि बढेर १ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ । 

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको सञ्चालन नाफा समीक्षा अवधिमा ४ अर्ब ९७ करोड रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७० करोड ५६ लाख ७१ हजार रुपैयाँ छ । 

समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेको छ । यस अवधिमा बैंकको इपिएस ३० पैसाले बढेर २२ रुपैयाँ ७६ पैसाबाट २३ रुपैयाँ ०६ पैसा पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २ सय २५ रुपैयाँ १७ पैसा कायम भएको छ ।

कुल चुक्ता पूँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँबाट बढेर ३ खर्ब २७ अर्ब १ करोड रुपैयाँ पुगेको छ । त्यस्तै यस अवधिमा बैंकले कुल २ खर्ब ३३ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK