काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले सिप्रदी समूहअन्तर्गतका सिप्रदी र भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
कम्पनीका अनुसार बाढी प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न उक्त रकम उद्धार तथा राहत, स्वास्थ्य उपचार र बाढीका कारण क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापनालगायतका कार्यमा उपयोग हुने अपेक्षा गरिएको छ ।
सिप्रदी समूहले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ‘सिप्रदीयन सहायता संस्था’मार्फत प्रभावित परिवारलाई प्रत्यक्ष राहत तथा सहयोगसमेत उपलब्ध गराउँदै आएको जनाएको छ । संस्थाका प्रतिनिधिहरू प्रभावित समुदायमा पुगेर स्थानीय आवश्यकता पहिचान गर्दै अत्यावश्यक राहत सामग्री, खाद्यान्न तथा अन्य आधारभूत सामग्री वितरण गरिरहेका छन् ।
स्थानीय तहसँग समन्वय गरी प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई प्राथमिकतामा राखेर आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको समूहले जनाएको छ ।
संकटको समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै आएको सिप्रदी समूहले विपद्को कठिन घडीमा प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्