Skip to content
LAXMI SUNRISE BANK

सानो क्याफे, ठुलो मन: ग्राहकले खाजा खाएको पैसा सिधै बाढी पीडितलाई पठाएर शर्माले देखाए आफ्‍नोपन ! 

अर्थ सरोकार

काठमाडौं । विपतको समयमा आफ्नो क्याफेमा खाजा खाएर पैसा तिर्नेहरुलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्युआरमा रकम हाल्न लगाएर बिक्की शर्माले सबैको मन जितेका छन् । बि एण्ड बि भेज क्याफेले गरेको यो फरक र उदाहरणीय पहललाई यतिबेला धेरैले खुलेरै प्रशंसा गरेका छन् ।

शंकरदेव क्याम्पस लाइनमा रहेको उक्त क्याफेले बिहीबार दिनभर खाना तथा खाजा खाने ग्राहकहरूलाई आफ्नो क्युआरमा भुक्तानी नगरी सिधैं प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्युआरमार्फत रकम भुक्तानी गर्न आग्रह गरेपछि उनलाई धेरैले धन्यवाद दिएका छन् ।

विपद्को समयमा आफ्नो सानो व्यवसायबाट हुने आम्दानीलाई समेत राहत अभियानसँग जोड्दै बि एण्ड बि भेज क्याफेले देखाएको यो पहलले सहयोग गर्न ठूलो रकम वा ठूलो अभियान नै आवश्यक पर्दैन, इच्छाशक्ति भए सानो प्रयासबाट पनि विपद्मा परेकालाई सहयोग गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK