काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषद्ले जबरजस्ती विद्यार्थीको कपाल नकाट्न भनेको छ । एक विज्ञप्ति जारी गर्दै परिषद्ले विद्यालय र शिक्षकहरुलाई जबरजस्ती विद्यार्थीको कपाल नकाट्न भनेको हो ।
पछिल्लो केही दिनदेखि विद्यालयमा विद्यार्थीहरुको कपाल जबरजस्ती काटिदिएको भन्दै उजुरी परेको भन्दै परिषद्ले त्यस्तो कार्य बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि ऐन, २०७५ को दफा ६६ को उपदफा (२) को खण्ड (घ) विपरीत हुने जनाएको छ । परिषद्का अनुसार यस्ता कार्य बालबालिका विरुद्धको हिंसा तथा कसूर ठहर हुनेछन् ।
यस्तो कार्य गर्नेलाई सोही ऐनको दफा ७२ को उपदफा (३) को खण्ड (क) बमोजिम ५० हजार रुपैयाँ जरिवाना र एक वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको परिषद्ले जनाएको छ ।
त्यस्तै, परिषद्ले शिक्षा नियमावली, २०५९ (दशौँ संशोधन)को नियम २५ को उपनियम (१) को खण्ड (ट)१ स्मरण गराउँदै कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने कुनै पनि गतिविधि विद्यालय परिसर वा कक्षा कोठाभित्र सञ्चालन नगर्न र नगराउन पनि आग्रह अपील गरेको छ । यस्तो छ परिषद्को विज्ञप्तिः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्