काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्ताहरूलाई सम्मान गरेको छ ।
भक्तपुरस्थित रोयल थाई हस्पिटालिटी, राधे-राधेमा आयोजित सम्मान तथा अवार्ड कार्यक्रममा बागमती प्रदेशअन्तर्गत विभिन्न शाखाका ADM, उत्कृष्ट अभिकर्ता, शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बागमती प्रदेश प्रमुख लोकमाया अधिकारीसहित क्षेत्रीय प्रबन्धकहरू सनत सत्याल, मुरारी प्रसाद तिवारी र आलोक खड्कालगायतको उपस्थिति थियो । कार्यक्रमको स्वागत मन्तव्य क्षेत्रीय प्रबन्धक आलोक खड्काले दिएका थिए ।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने ADM तथा Emerging Sun Club मा योग्य अभिकर्ताहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । साथै, Million Dollar Round Table (MDRT) हासिल गर्न सफल अभिकर्ताहरूलाई समेत विशेष सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख बजार अधिकृत गणेश चौलागाईंले बागमती प्रदेशका अभिकर्ताहरूले कम्पनीको व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै बधाई तथा शुभकामना व्यक्त गरे । उनले आगामी दिनमा समेत उत्कृष्ट नतिजा हासिल गर्न अभिकर्ताहरूलाई प्रोत्साहित गर्दै कम्पनीले अभिकर्तामुखी कार्यक्रम, योजना तथा प्रोत्साहनमूलक स्किम सञ्चालन गर्दै आएको बताए ।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सन नेपाल लाइफले आफ्नो छुट्टै पहिचान र व्यवसायिक छवि निर्माण गर्न सफल हुनुमा सम्पूर्ण अभिकर्ता तथा एजेन्सी सञ्जालको मेहनत, लगनशीलता र योगदान महत्वपूर्ण रहेको बताए ।
उनले अभिकर्ताहरूलाई थप सशक्त, सक्षम र व्यावसायिक बनाउँदै कम्पनीको यात्रालाई अझ मजबुत रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । बागमती प्रदेश जीवन बीमा व्यवसाय विस्तारका दृष्टिले महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै उनले अभिकर्ताहरूको सक्रियता र नेतृत्व क्षमताले कम्पनीलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विभिन्न शाखाका ADM, उत्कृष्ट अभिकर्ता, MDRT Achievers, शाखा प्रमुख, क्षेत्रीय प्रबन्धक तथा कर्मचारीहरूको सहभागिता थियो । सहभागीहरूले कार्यक्रमले अभिकर्ताहरूबीच आपसी सम्बन्ध, नेतृत्व विकास, उत्प्रेरणा तथा व्यवसायिक क्षमता अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने बताएका छन् ।
सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ । कम्पनीले अभिकर्ता सञ्जाललाई थप सशक्त बनाउँदै बीमाको पहुँच विस्तार, उत्कृष्ट ग्राहक सेवा र दिगो व्यवसायिक विकासलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्