सुर्खेत । जिल्ला ट्राफिक प्रहरी सुर्खेतले सवारी कारबाहीबाट एक करोड ३३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ मा एक करोड ३३ लाख ८१ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
मादक पदार्थ सेवन, तीव्र गतिलगायत ट्राफिक नियम उलङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिएका छन् ।
त्यस्तै, आफूखुसी सवारीको स्वरुप परिवर्तन गर्ने चालकलाई कारबाही गरी पाँच लाख ७० हजार राजस्व सङ्कलन गरिएको उनले बताए । प्रहरीले दुई लाख ३१ हजार १ सय ३७ जनासँग सचेतना कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।
त्यसैगरी, ९ सय ५७ सवारी दुर्घटनामा हुँदा सुर्खेतमा ३७ जनाको ज्यान गएको उनले जानकारी दिएका छन् । सवारी दुर्घटना हुनुको प्रमुख कारण तीव्र गति रहेको छ । यस्तै, यान्त्रिक, पैदलयात्री, सडक पूर्वाधार, मौसम र पशुचौपायका रहेको उनको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्