Skip to content
LAXMI SUNRISE BANK

बाढीको वितण्डाले देश अस्तव्यस्त ! मौका छोपेर प्लेन मालिकहरु ठगी खानमै मस्त !

अर्थ सरोकार

काठमाडौँ । भाटेकोशीमा आएको बाढीको वितण्डाले देश विक्षिप्‍त छ । सयौँले ज्यान गुमाइसकेका छन् भने सयौँ अझै बेपत्ता छन् । दर्जनौँ बस्ती बाढीको भेलले बगाएको छ । सञ्चार सुविधा टुटेको छ । विद्युत, यातायात लगायत सबै सेवा अवरुद्ध छन् । तर, यही बेला हवाई कम्पनीहरु भने ठगी खानमै मस्त छन् । 

बाढीले देश नै अस्तव्यस्त भएपछि काठमाडौँ हुँदै धादिङ, नुवाकोट, रसुवा, पोखरा, चितवन हुँदै सञ्चालन हुने सवारी आवागमन रोकिएको छ । 

सडक सञ्जालमा ठूलो क्षति पुगेपछि यात्रुहरु हवाई मार्गको प्रयोग गर्न थालेका छन् । तर, यस्तो विपत्तिमा भाडा घटाएर नागरिकको सहजतामा काम गर्नुपर्ने बेला हवाई कम्पनीहरुले उल्टै अन्य समयको तुलनामा भाडा बढाएका छन् । 

सामान्यतया काठमाडौँ-धनगढीको हवाई भाडादर ७ हजार ५ सय हो । तर, हवाई कम्पनीहरुले अहिले सो भाडा बढाएर १६ हजार ७ सयदेखि १८ हजारसम्म पुर्याएका छन् । 

यता अन्य समयमा काठमाडौँ-भैरहवाको भाडादर ५ हजार ५ सय हो तर हवाई कम्पनीहरुले अहिले ६ हजार ५ सयदेखि १० हजारसम्म असुलीरहेका छन् । यी मात्र होइन, अहिले हवाई कम्पनीहरुले काठमाडौँबाट बाहिरिने हरेक गन्तव्यको हवाई भाडादर झण्डै दोब्बर बढीले बढाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK