Skip to content
LAXMI SUNRISE BANK

बजारमा ग्यास छैन, निगम भन्छ- ‘अभाव छैन’ (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । बजारमा एकाएक ग्यास अभाव देखिएको छ । केही दिनदेखि बजारमा खाना पकाउने एलपी ग्यास अभाव देखिएको हो ।

आधा सिलिन्डर ग्यास वितरण गरिरहेको नेपाल आयल निगमले भरी सिलिन्डर ग्यास वितरण सुरु गरेपछि बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेको छ । हाल ग्यास डिलर तथा सप्लायर्समा ग्यास साट्न आउनेहरुको भीड लाग्ने गरेको छ । 

तर, डिपोहरुमा ग्यास अभाव देखिएपछि सर्वसाधारण नेपाल ग्यास उद्योगमै ग्यास लिन पुगेका छन् । हाल बालाजुस्थित नेपाल ग्यास उद्योगमा ग्यास लिन पुग्नेहरुको भीड लागेको छ ।

यता नेपाल आयल निगमले भने बजारमा ग्यास अभाव नभएको दाबी गरेको छ । नियमित रुपमा ग्यास आपूर्ति र प्रवाह भइरहेको दाबी गर्दै निगमले ग्यास अभाव नभएको दाबी गरेको हो । तर, निगमले ग्यास अभाव छैन भनिरहँदा बजारमा भने ग्यासको चरम अभाव देखिन थालेको छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK