Skip to content
LAXMI SUNRISE BANK

यी हुन् भोटेकोशी बाढीले बगाएका बैंकका शाखाहरु…. (विवरणसहित)

अर्थ सरोकार

काठमाडौँ । भोटेकोशीमा आएको भीषण बाढीले आधा दर्जन बढी बैंकका शाखा कार्यालय बगाएको छ । बुधबार बिहान करिब सवा ९ बजे भोटेकोशीमा आएको बाढीले टिमुरेमा रहेका आधा दर्जन बढी बैंकका शाखा कार्यालय बगाएको हो । 

हालसम्म प्राप्त विवरण अनुसार बाढीले टिमुरेस्थित कुमारी बैंक माछापुच्छ्रे बैंक, नबिल बैंक र लक्ष्मी सानराइज बैंकको शाखा कार्यालय बगाएको छ । 

त्यस्तै, बाढीले टिमुरेमै रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक र सानिमा बैंकको शाखा कार्यालय पनि बगाएको छ । यता बाढीले हिमालयन बैंकको बेत्रावती शाखामा पनि क्षति पुर्याएको छ । 

यी बैंकका शाखा कार्यालयमा क्षति पुगे पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ । यद्यपि केही बैंकको शाखा कार्यालय पूर्ण रुपमा क्षति भएको बताइएको छ ।

यी बाहेक बाढी प्रभावित क्षेत्रमा रहेको लघुवित्त तथा सहकारीका कार्यालयमा पनि क्षति भएको बताइएको छ । त्यसको पूर्ण विवरण भने आउन बाँकी छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK