Skip to content
LAXMI SUNRISE BANK

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानविरुद्ध ‘भीषण आर्थिक युद्ध’को घोषणा

अर्थ सरोकार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै सबैभन्दा कठोर र विनाशकारी आर्थिक कारबाहीको घोषणा गरेका छन् । एक वक्तव्य जारी गर्दै ट्रम्पले इरानले सम्झौताका लागि दिइएको अवसर सदुपयोग गर्न नसकेको आरोप लगाउँदै यस्तो कदम चालेको बताएका हुन् । 

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले यस अभियानलाई अभूतपूर्वस्तरको आर्थिक युद्ध र एक्लोपनको संज्ञा दिए । उनले इरानको वर्तमान अवस्थाको चित्रण गर्दै भने, ‘इरानको नौसेना समाप्त भएको छ, वायुसेना ध्वस्त भएको छ । सैन्य कारखानाहरू भग्नावशेषमा परिणत भएका छन् र उनीहरूको मुद्रा मूल्यहीन बनेको छ ।’ 

त्यस्तै, ट्रम्पले इरान अहिले अत्यन्तै नाजुक अवस्थामा रहेको दाबी समेत गरेका छन् । अर्कोतर्फ ट्रम्पले इरानलाई सहयोग गर्ने अन्य मुलुक र निकायहरुलाई समेत कडा चेतावनी दिएका छन् । 

यस अभियानलाई ‘इकोनोमिक डी-डे’ (आर्थिक महासंग्राम) को संज्ञा दिँदै ट्रम्पले इरानी खतरालाई परास्त गर्न र उसलाई विश्व समुदायबाट अलग्याउन आफ्ना सहयोगी राष्ट्रहरूलाई अमेरिकासँग उभिन आग्रह गरेका छन् । अमेरिका र इरानबीच रणनीतिक महत्वको ‘होर्मुज जलडमरू’ र द्वन्द्व अन्त्यका शर्तहरूका विषयमा लामो समयदेखि विवाद जारी छ । समझदारी पत्र अन्तर्गत तोकिएको ६० दिनको वार्ता अवधि गत सोमवार समाप्त भएपछि दुई देशबीचको संवादको भविष्य अन्योलमा परेको छ । वार्ता निष्कर्षविहीन बनेसँगै ट्रम्पको यो आक्रामक रणनीति सार्वजनिक भएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK