काठमाडौँ । प्रभु बैंक लिमिटेडले मिडियामा पछिल्लो समय सार्वजनिक भएका खबरहरु भ्रामक भएको भन्दै विज्ञप्ति सार्वजनिक गरेको छ । बैंकले पछिल्लो समय मिडियामा आएका समाचारहरुलाई भ्रामक भन्दै त्यसलाई नपत्याउन भनेको छ । तर प्रभु बैंकले इंकित गरेका समाचारहरु नपढेकाहरुलाई भने ती समाचारहरुमा के थिए, र कसले छापेका थिए भन्ने खुल्दुली देखिएको छ ।
प्रभु बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको विषय केहि दिन अघि मात्र सार्वजनिक भएको थियो । विभिन्न बदमासी देखिएपछि राष्ट्र बैंकले प्रभुलाई कारवाही गरको थियो । सो खबर विभिन्न मिडियाले सार्वजनिक गरेका थिए । यद्यपी बैंक स्रोतले दिएको जानकारी अनुसार बैंकको विज्ञप्ति ती खबरहरु इंकित थिएनन् । बैंकले खण्डनमा के सम्बन्धि समाचार आएका थिए, ती समाचार कसरी भ्रामक भयो र सत्य के हो भन्ने खुलाएको छैन । यस कारण पनि सो विज्ञप्ति पढ्नेहरुले विषय नै नबुझेको पाइएको छ ।
आखिर मिडियामा के समाचार आएको थियो ? जसले १९ गतेका लागि तयार गरिएको विज्ञप्ति मिति नै केरमेट गरेर, त्यो पनि सीइओले नै हस्ताक्षर गरेर सार्वजनिक गर्नुपर्यो त ? यसको पछाडी केहि मिडियाहरुले सार्वजनिक गरेका समाचारहरु हेर्नुपर्छ ।
अव, विज्ञप्तिका सबै ‘प्याराग्राफ’ र तिनको आशय र सँगै प्रकाशित समाचार के थिए भन्ने तथ्य हेरौँ ।
बैंकले पहिलो र दोश्रो प्याराग्राफमा पछिल्लो समय केहि संचारमाध्यममा आएका समाचारहरु भ्रामक भएको उल्लेख गरेको छ । तर समाचार के थिए भन्ने उल्लेख गरेको छैन ।
विज्ञप्तिको दोश्रो हरफमा बैंकले सरुवा, कर्मचारीको जिम्मेवारी संयोजन, लिलामी प्रक्रिया सामान्य बैंकिङ प्रक्रिया हो भनेर उल्लेख गरेको छ । बैंकले यो उल्लेख गर्नुको कारण भने पछिल्लो समय बैंकका एजीएमरमेश कुमार श्रेष्ठलाई गरिएको सरुवामाथि प्रश्न उठाउँदै विभिन्न मिडियाले सार्वजनिक गरेका खबरहरु हुन् । बैंकले एजीएम रमेश कुमार श्रेष्ठलाई बैंकको चिफ बिजनेश अफिसरबाट हटाएर धनगढी सरुवा गरिदिएको छ । असिस्टेन्ट मेनेजरले हेरिरहेको ठाउँमा एजीएम, त्यो पनि धनगढी सरुवा भएपछि समाचारहरु सार्वजनिक भएको देखिन्छ । ठुलो पोष्टमा भएको व्यक्ति एक्कासी धनगढी सरुवा हुने विषय समाचारको विषय हो नै । तर बैंकले यो विषय सामान्य हो भन्दै खण्डन गरेको छ ।
कतिपय संचारमाध्यमले बैंकले गरेको ठुला लिलामीमा श्रेष्ठले असहमति राखेपछि बैंकले उनलाई सरुवा गरेको खबर प्रकाशन गरेका थिए । ती समाचारमा स्वयम् श्रेष्ठको भनाई नै त्यहि हो भनेर उल्लेखसमेत गरिएको थियो । बैंकभित्रका दिपेन्द्र बाबु बिष्ट र रविन्द्र ढकालको योजनामा आफ्नो सरुवा भएको श्रेष्ठको भनाईसहित विभिन्न मिडियामा समाचार आएका थिए । बैंकले त्यहि विषयलाई सामान्यकरण गर्न खोजेको छ ।
केहि समय अघि कारवाही हुनु र निरन्तर बैंकका बेथिति बारे समाचार आउनु एकैपटक भएपछि बैंकले विगतमा केहि कमजोरी भएको स्वीकार गरेको छ । आउने दिनहरुमा त्यस्ता कमजोरी नहुने प्रतिबद्धतासमेत बैंकले व्यक्त गरेको छ । बैंकले संचालक समिति र व्यवस्थापनले गरेका काम कानुन अनुसारकै भएकोसमेत दाबी गरेको छ ।
जवकि विभिन्न मिडियाले आन्तरिक कागजसहित नै समाचार हालेको देखिन्छ ।
प्रभु बैंकका बेथितिबारे लेखिरहेको अर्थ संजाल डटकम र अनलाइन पाना डटकमले कम्पनीकी संचालक अम्बिका शर्मा लामिछानेले आफ्ना छोराका कम्पनीको नाममा रकम भुक्तानी भएको भन्दै सोको विवरण र स्टेटमेन्टसहित समाचार लेखेका छन् । यो विषयमा बैंकको साधारण सभामै पनि कुरा उठेको थियो । यो समाचार सत्य देखिने प्रसस्त प्रमाण र आधार समाचारमा उल्लेख हुँदा पनि बैंकले त्यसलाई भ्रामक भनेको छ ।
यस्तै अम्बिका शर्मा लामिछानेले आफ्ना छोराको कम्पनी सरस्वति इभेन्ट्सका नाममा करोडौं लागेको खबर सिंहदरबारन्युजले पनि प्राथमिकताका साथ प्रकाशन गरेको थियो । यस्तै अर्का संचालक बिर्खबहादुर बस्नेतले कहिले सर्वसाधारण र कहिले संस्थापक समूहबाट निरन्तर संचालक बनेको भन्दै खबर सार्वजनिक भएको थियो । आर्थिक क्षेत्रमा विश्वासिलो मानिने बिजशाला डटकमले समेत सो समाचार प्रमाणसहित प्रकाशन गरेको थियो ।
यस्तै बैंकका अर्का संचालक रमेश राज अर्यालले यस अघि गैरकानुनी रुपमा लिएको तलव फिर्ता लिएको विषय अर्थ खबर डटकम लगायतका मिडियाले उल्लेख गरेका थिए । सो विषय झुटो होइन भन्ने तथ्य स्वयम् उनले तलव फिर्ता गरेको तथ्यबाट प्रष्ट हुन्छ ।
अर्थ सरोकारले भने एजिएम पदमा भएको व्यक्तिको धनगढी सरुवा भएको खबर सार्वजनिक भएको थियो । अर्थ सरोकारसँग कुराकानी गर्दै स्वयम् श्रेष्ठले आफूविरुद्ध बैंकभित्र दिपेन्द्र बाबु बिष्ट र रविन्द्र ढकाल लागेको बताएका थिए । यस विषयमा बुझ्न सम्पर्क गर्दा बैंकको सूचना अधिकारीसमेत रहेका ढकालले फोन नै उठाएका थिएनन् ।
यसरी सबैतिर प्रमाणसहित नै समाचार आउँदा पनि बैंकले कुन समाचार भ्रामक हो भन्न खोजेको तथ्य बुझिएको छैन । बैंकको विज्ञप्ति पठाउने कर्मचारी पूजा बमले आफु लो लेभलको स्टाफ भएकाले बैंकले गर्नु भनेको काम गर्ने गरेको बताउँदै आएकी छिन् । बैंकका सूचना अधिकारी रबिन्द्र ढकालले बैंकको विज्ञप्ति सार्वजनिक भएपछि फोन नलाग्ने बनाएका छन् ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्