काठमाडौँ । धनुषामा एक जना मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन् । बुधबार जनकपुरधामस्थित जिल्ला अदालत अगाडि फूल कुमारी रजकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेकी हुन् ।
उनले पेट्रोल छर्केको देखेर सुरक्षाकर्मीले रोकेका थिए । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ घर भएकी ५० वर्षीय फूलकुमारीले २०८१ सालमा आफ्नो ८ धुर जग्गा बन्धकी राखेर साहु गोपाल साहसँग ६ लाख रुपैयाँ लिएको बताइएको छ ।
उनले लिएको रकम फिर्ता गरेर आफ्नो जग्गा फिर्ता माग्न जादा पटक पटक समय दिएर साहु गोपाल साहले फिर्ता नदिएको बताइएको छ । फूल कुमारीको सो जग्गा साहु गोपाल साहले बैंकमा राखेर ऋण निकालेको थाहा पाएपछि पीडित फूलकुमारीले उजुरी दिएकी थिइन् ।
गत साउन २ गते जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई पक्राउ गरिएको थियो । तीनै जनाविरुद्ध दर्जन बढी मिटरब्याज र ठगीको उजुरी परेको छ ।
उनीहरूबाट पीडित भएको भन्दै सयौँ मिटरब्याज पीडितहरू सो दिनदेखि नै जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला अदालत धनुषा अगाडि धर्ना दिँदै आएका छन् । उनीहरूले पक्राउ परेका तीनै जना कुख्यात मिटरब्याजी रहेको आरोप लगाउँदै उच्च स्तरीय सीआईबीद्वारा अनुसन्धान गर्न माग गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्