काठमाडौँ । अमेरिकाले डोनाल्ड ट्रम्पको तस्वीर अंकित एक डलरको सिक्का सार्वजनिक गरेको छ । अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा अमेरिकी मिंटले उक्त सिक्का सार्वजनिक गरेको हो ।
ट्रम्पको तस्वीर अंकित उक्त सिक्का दैनिक कारोबारका लागि नभएर संग्रहका लागि सार्वजनिक गरिएको अमेरिकी मिंटले जनाएको छ ।
अमेरिकी मिंटका अनुसार एक्त सिक्का अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवलाई स्मरणीय बनाउन तयार गरिएको हो । सिक्का सार्वजनिक भएर बिक्री सुरु गरिएको केही घण्टामै उक्त सिक्का ‘आउट अफ स्टक’ भएको थियो ।
बिक्रीमा राखिएका सबै सिक्का बिक्री भएपछि थप सिक्का उत्पादन भइरहेको मिंटले जनाएको छ । मिंटका अनुसार २५ वटा सिक्काको एउटा रोलको मूल्य ६१ अमेरिकी डलर र १०० वटा सिक्काको एक ब्यागको मूल्य १५४.५९ डलर तोकिएको छ । सुनौलो रंगको उक्त सिक्कामा वास्तविक सुनको भने प्रयोग गरिएको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्