काठमाडौँ । १ अर्ब बढीको हुण्डी कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले धरानबाट एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१३ का ज्योति शाही छन् ।
उनलाई बिहीबार धरानको खैरेनीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८ सय ४५ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको भेटिएको छ ।
शाहीले केही व्यक्तिसँग मिले र घरेलु तथा साना उद्योग कार्यालय इटहरीमा दर्ता गराएर मनी ट्रान्सफर चलाउँदै आएका थिए । उनले कृषि विकास बैंकसहित ५२ वटा बैंक तथा वित्तीय संस्थामा खाता खोलेको पाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्