काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनको प्रशंसा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले बालेनको सम्बोधनको प्रशंसा गरेका हुन् ।
बाँस्कोटाले शाहको सम्बोधन आफूलाई दृढ, सार्थक र जोडदार लागेको बताएका छन् ।
उनले आफू राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थक नभए पनि प्रधानमन्त्री शाहले राष्ट्रसंघमा देशको भावना बोलेको भन्दै खुसी मनले समर्थन गरेको बताएका छन् ।
‘प्रम बालेनको राष्ट्रसंघमा गरेको सम्बोधन दृढ र सार्थक र जोडदार लाग्यो । तर म रास्वपा होइन, उनले देशको भावना बोले । मैले खुसी मनले समर्थन गरेँ ।’, बाँस्कोटाले लेखेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्