काठमाडौँ । समस्याग्रस्त ६ सहकारीका बचतकर्ताको बचत फिर्ता गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना बचतकर्ताको रकम फिर्ता गरेको हो ।
समितिका अनुसार गोरखाका २५ जना, गौतमश्रीका ६ जना, शिव शिखरका १३ जना, आइडियल यमुनाका ३ जना, ओरिएन्टल कोअपरेटिभका ३ जना र कान्तिपुर सहकारीका २९ जना बचतकर्ताको रकम फिर्ता गरिएको छ ।
रकम फिर्ता गरिएका बचतकर्ताहरु साना बचतकर्ता भएको समितिले जनाएको छ । समितिका अनुसार बचतकर्तालाई फिर्ता गरिएको सो रकम सहकारीका ऋणीबाटै असुली गरिएको हो ।
पहिलो चरणमा साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको समितिले क्रमशः अन्य बचतकर्ताको पनि रकम फिर्ता गरिने जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्