काठमाडौँ । सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा चिठ्ठा परेका एक जनाले उपहारबापतको रकम नपाउने भएका छन् । ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १ हजार रुपैयाँ दान गरेर चिठ्ठा परेका व्यक्तिले उपहारबापत पाउने रकम नपाउने भएका हुन् ।
भदौ १ गतदेखि १५ गतेसम्मको कारोबार बिल तथा अनलाइन भुक्तानीको आधारमा ०१४६१८४७७६२० कुपन नम्बरका एक व्यक्तिलाई १ लाख ३३ हजार ३ सय ३४ रुपैयाँको चिठ्ठा परेको थियो ।
तर, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पैसा ट्रान्सफर गर्दा परेको उक्त चिठ्ठाको रकम भने सम्बन्धित व्यक्तिले नपाउने आन्तरिक राजस्व विभागका एक कर्मचारीले जनाएका छन् ।
ती कर्मचारीका अनुसार सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सेवा तथा वस्तुको खरिद गर्नेहरु मात्र सहभागी हुन्छन् । तर, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ट्रान्सफर गरिएको उक्त रकम खरिद नभएको र दान भएकाले चिठ्ठा परे पनि रकम नपाउने विभागले जानकारी दिएको छ ।
यद्यपि उक्त विषयमा आन्तरिक राजस्व विभागले कुनै औपचारिक जानकारी भने गराएको छैन । तर, उक्त रकम सेवा तथा वस्तु खरिद नभएको र सरकारी निकाय वा सार्वजनिक संस्थाको नामबाट जारी भएका बीजक कार्यक्रममा सहभागी हुन योग्य नहुने भएकाले पुरस्कारको रकम सम्बन्धित व्यक्तिले पाउने छैनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्