Skip to content
LAXMI SUNRISE BANK

 देवीघाटमा ५ दिनमै बन्यो एक्रो ब्रिज, सवारी सधान सञ्चालन गर्ने तयारी !

अर्थ सरोकार

काठमाडौँ । नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडानको काम सकिएको छ । निर्माण सुरु गरेको ५ दिनमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम सकेको हो । 

भोटेकोशीमा आएको बाढीले पक्की पुल बगाएपछि देवीघाट क्षेत्रमा यातायात सहज बनाउन सेनाको टोलीले एक्रो ब्रिज जडानको काम सुरु गरेको थियो । अन्ततः निरन्तर खटिएर सेनाको टोलीले पुल जडानका काम सकेको छ । 

नयाँ पुल जडान भएसँगै भदौ २६ गते (भोली) देखि पैदल यात्रीहरूका लागि आवतजावत खुला गरिने भएको छ भने भदौ २७ गते (शनिबार)देखि सवारी साधनहरू समेत सञ्चालनमा आउनेछन् । 

यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो । सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK