Skip to content
LAXMI SUNRISE BANK

एक्स्ट्रिम इनर्जी ड्रिंकसँग अन्नपूर्ण स्पाइकर किङ्सको ‘गौरवको यात्रा’

अर्थ सरोकार

काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंकको सहकार्यमा नेपाल भलिबल लिगको पहिलो संस्करणका च्याम्पियन अन्नपूर्ण स्पाइकर किङ्सले आफ्नो ऐतिहासिक उपाधिको उत्सव मनाउँदै ‘एक्स्ट्रिम गौरवको यात्रा- ‘Champions of Nepal Volleyball League Trophy Tour’ सम्पन्न गरेको छ ।

नेपाली भलिबलको ऐतिहासिक सफलतालाई देशका विभिन्न स्थानका समर्थक र खेलप्रेमीसम्म पुर्याउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिंकको सहकार्यमा आयोजना गरिएको ट्रफी टुर अन्नपूर्ण आधार शिविरसम्म पुर्याइएका हो ।

अन्नपूर्ण स्पाइकर किङ्सले अन्नपूर्ण आधार शिविरसँगै च्याम्पियन ट्रफी पुर्याउँदै ट्रफी टुर सम्पन्न गरेको हो । एक्स्ट्रिम इनर्जी ड्रिंकको सहकार्यमा आयोजना गरिएको ‘एक्स्ट्रिम गौरवको यात्रा’ अन्तर्गत च्याम्पियन ट्रफी गण्डकी प्रदेशका विभिन्न प्रमुख शहर तथा स्थानमा पुर्याइएको थियो ।

यस अभियानमार्फत एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपाली भलिबलको उत्साह, उपलब्धि र खेलाडीको यात्रालाई समर्थकहरूसँग जोड्दै खेल संस्कृतिलाई थप प्रवद्र्धन गर्ने प्रयास गरेको छ । च्याम्पियन ट्रफीलाई खेलाडी, समर्थक तथा स्थानीय समुदायसँग प्रत्यक्ष जोड्ने उद्देश्यले विभिन्न स्थानमा विशेष कार्यक्रम तथा भेटघाटसमेत आयोजना गरिएको थियो ।

नेपाल भलिबल लिग नेपालको पहिलो व्यावसायिक पुरुष फ्रेन्चाइज भलिबल लिग हो । यसको पहिलो संस्करण २०८३ भदौ १९ देखि २७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालन भएको थियो । प्रतियोगितामा अन्नपूर्ण स्पाइकर किङ्ससहित काठमाडौं रेड्स, कर्णाली शिवराज, खप्तड फाल्कन्स, मधेश वारियर्स र सगरमाथा स्क्वाडर्स गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेको थियो ।

ऐतिहासिक फाइनलमा अन्नपूर्ण स्पाइकर किङ्सले कर्णाली शिवराजलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल भलिबल लिगको पहिलो संस्करणको च्याम्पियन बनेको थियो । अन्नपूर्णले फाइनलमा २५–१५, २५–२० र २५–१८ को सेटमा जित हासिल गरेको थियो ।

पहिलो एनभीएल उपाधिसँगै अन्नपूर्णले २० लाख रुपैयाँ नगद पुरस्कार समेत प्राप्त गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK