काठमाडौँ । आर्या फार्माल्यावले बाढीबाट प्रभावितहरुको लागि औषधि सहयोग गरेको छ । आर्याले बाढी प्रभावितहरुको उद्धार, राहत तथा स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्धेश्यले सरकारलाई आवश्यक औषधिहरु सहयोग गरेको हो ।
बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकहरूका लागि आवश्यक स्वास्थ्य उपचारसम्बन्धी ८२ लाख ५१ हजार ७५० मूल्य बराबरको औषधिहरु उपलब्ध गराइएको आर्याले जनाएको छ ।
त्यस्तै, प्रभावित नागरिकहरूको स्वास्थ्य उपचारमा थप सहयोग आवश्यक रहेको खण्डमा कंम्पनीले उपचारमा आवश्यक उपकरण तथा औषधिहरू सहयोग स्वरुप उपलव्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।
विपद्को समयमा प्रभावित नागरिकहरूलाई आवश्यक औषधि तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएको यस सहयोगले स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित समुदायलाई महत्वपूर्ण सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।
बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा परिवारहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यस सहयोगले राहत तथा पुनस्र्थापनाका कार्यमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । आर्या फार्माल्यावले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक तथा परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै स्वास्थ्य सुरक्षाका लागि आवश्यक सहयोगमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्