Skip to content
LAXMI SUNRISE BANK

असोजमा थप घट्यो बैंकहरुको ब्याजदर, कसले कति घटाए ? (विवरणसहित)

अर्थ सरोकार

काठमाडौँ । असोज महिनामा बैंकहरुको ब्याजदर घटेको छ । असोजका लागि २० वाणिज्य बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार भदौको तुलनामा निक्षेपको ब्याजदर थप घटेको हो । 

असोजमा बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.१३६ प्रतिशतबाट घटेर ४.०८९५ प्रतिशतमा झरेको छ । संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि ०.०१४५ प्रतिशतले घटेर ३.०८१ प्रतिशतबाट ३.०६६५ प्रतिशतमा झरेको छ । 

असोजमा सबैभन्दा धेरै ब्याजदर एभरेष्ट बैंकले घटाएको छ ।

एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.५५ प्रतिशतले घटाएर ३.५ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ०.२५ प्रतिशतले घटाएर ३.२५ प्रतिशत कायम गरेको छ । 

नबिल बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.३ प्रतिशतले घटाएको छ भने संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने यथावत् राखेको छ । 

त्यस्तै, व्यक्तिगत मुद्दती निक्षेपतर्फ स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशत, कुमारी बैंकले ०.०३ प्रतिशत र सिटिजन्स बैंकले ०.२५ प्रतिशतले ब्याजदर घटाएका छन् । अर्कोतर्फ सानिमा बैंकले भने संस्थागत मुद्दती निक्षेपको ब्याजदर ०.२१ प्रतिशतले बढाएको छ । तर, बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर भने यथावत् राखेको छ । 

माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकसहित कुल १५ वाणिज्य बैंकहरुले भने असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK