काठमाडौँ । भोटेकोशीमा आएको बाढीले बैंकहरुमा करोडौँको क्षति गरेको छ । बैंकहरुका शाखा कार्यालयसहित कार्यालयमा रहेका भल्ट, नगद तथा जिन्सी सामान बाढीले बगाउँदा १७ बैंकहरुमा ८० करोड बराबरको क्षति भएको अनुमान गरिएको हो ।
बाढीले १७ बैंकका शाखा कार्यालयमा भल्टमा राखिएको १७ करोड २४ लाख ५७ हजार ३ सय ७५ रुपैयाँ नगद बगाएको छ । नगद बाहेक कुल ५५ करोड ६८ लाख ७० हजार ५ सय १८ रुपैयाँ बराबरको क्षति भएको छ भने अधिकांश बैंकमा कति नगद थियो ? भन्ने हिसाबकिताब नै छैन ।
कुन बैंकमा कति भयो क्षति ?
कृषि विकास बैंकः हालसम्म प्राप्त विवरण अनुसार सबैभन्दा धेरै क्षति कृषि विकास बैंकमा भएको छ । बैंकको नुवाकोटस्थित त्रिशूली बजार शाखामा भल्टमा राखिएको १ करोड ७१ लाख २८ हजार ३१७ नगद र काउन्टरमा रहेको ४२ लाख रुपैयाँ बाढीले बगाएको छ भने नगदबाहेक अनुमानित ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
सिटिजन्स बैंकः सिटिजन्स बैंकको देवीघाट शाखामा रहेको भल्ट नै बाढीले बगाउँदा भल्टमा राखिएको १ करोड ९ लाख ७ हजार ५२१ र काउन्टरमा रहेको ४४ लाख ७४ हजार ५३५ रुपैयाँ पनि बाढीले बगाएको छ । बैंकको सो शाखामा नगदबाहेक अनुमानित १ करोड २० लाख १७ हजार ७ सय ६९ रुपैयाँ बराबरको क्षति भएको छ ।
ग्लोबल आइएमई बैंकः बैंकको टिमुरे शाखामा राखिएको भल्टसहित भल्टमा राखिएको ६९ लाख ४ हजार ९४३ रुपैयाँ पनि बाढीले बगाएको छ । नगदबाहेक बैंकको उक्त शाखामा अनुमानित ८ लाख ७४ हजार १६६ रुपैयाँ बराबरको क्षति भएको छ ।

हिमालयन बैंकः हिमालयन बैंकको बेत्रावती शाखाबाट भल्टमा राखिएको २ करोड ५६ लाख ९९ हजार ८ रुपैयाँसहित क्यास काउन्टरमा रहेको ३० लाख ९६ हजार ६६० रुपैयाँ बाढीले बगाएको छ । नगदबाहेक बैंकको उक्त शाखामा अनुमानित ५७ लाख ९१ हजार ८०६ रुपैयाँ बराबरको क्षति भएको छ ।
लक्ष्मी सनराइज बैंकः बाढीले बैंकको टिमुरे शाखामा पूर्ण क्षति भएको छ । प्राप्त विवरण अनुसार बैंकको टिमुरे शाखामा रहेको भल्टसहित ७५ लाख १८ हजार १६१ रुपैयाँ बाढीले बगाएको छ । बैंकको उक्त शाखामा भल्टमा रहेको नगदबाहेक अनुमानित ८६ लाख बराबरको क्षति भएको छ ।
माछापुच्छ्रे बैंकः माछापुच्छ्रे बैंकको टिमुरे शाखामा रहेको भल्टसहित भल्टमा राखिएको ४५ लाख ८ हजार ८५४ रुपैयाँ बाढीले बगाएको छ । भल्टमा रहेको नगदबाहेक बैंकको उक्त शाखामा अनुमानित ५७ लाख ४४ हजार ५४ रुपैयाँ बराबरको क्षति भएको छ ।
नबिल बैंकः बाढीले नबिल बैंकको टिमुरे शाखा ध्वस्त पार्दा बैंकको उक्त शाखामा रहेको भल्टसहित भल्टमा राखिएको ३० लाख ६२ हजार ३६५ रुपैयाँ पनि बाढीले बगाएको छ । नगदबाहेक बैंकको उक्त शाखामा अनुमानित ४८ लाख २२ हजार ८ सय २५ रुपैयाँ बराबरको क्षति भएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकः नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) को रसुवास्थित माइलिङ एक्सटेन्सन काउन्टर बाढीले बगाउँदा भल्टमा राखिएको ७९ लाख ३२ हजार १२५ रुपैयाँ पनि हराएको छ । उक्त शाखामा नगद बाहेक बैंकको अनुमानित २१ लाख ४६ हजार ९४६ रुपैयाँ बराबरको क्षति भएको छ । एनआईएमबीकै स्याफ्रुबेंसी शाखामा भल्टमा रहेको २ करोड २० लाख २९ हजार ९ रुपैयाँ बाढीले बगाएको छ भने भल्टमा रहेको नगदबाहेक ५ लाख ७४ हजार ६९९ रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै, बैंकको टिमुरे शाखामा भल्टसहित भल्टमा रहेको ५५ लाख ५५ लाख ११ हजार ७८ रुपैयाँ बाढीले बगाएको छ । बैंकको उक्त शाखामा नगद बाहेक अनुमानित ३ लाख २३ हजार ३९५ रुपैयाँ बराबरको क्षति भएको छ ।
एनआईसी एशिया बैंकः बैंकको बेत्रावती शाखा, स्याफ्रुबेंसी शाखा र त्रिशूली बजार शाखामा बाढीले क्षति पुर्याएको छ । बाढीले बैंकको बेत्रावती शाखाबाट भल्टसहित भल्टमा रहेको १ करोड २० लाख ६८ हजार ८४७ रुपैयाँ बगाएको छ । नगदबाहेक बैंकको उक्त शाखामा नगद बाहेक अनुमानित क्षति २० लाख ४१ हजार २२७ रुपैयाँ बराबरको क्षति भएको छ । बाढीले बैंकको स्याफ्रुबेंसी शाखाबाट भल्टसहित भल्टमा रहेको ६० लाख २७ हजार २७९ रुपैयाँ पनि बगाएको छ भने बैंकको उक्त शाखामा नगद बाहेक अनुमानित २४ लाख २१ हजार ५०४ बराबरको क्षति भएको छ । त्यस्तै, एनआईसी एशिया बैंककै त्रिशूली बजार शाखाबाट भल्टमा राखिएको ६९ लाख ९६ हजार १३८ रुपैयाँ बाढीले बगाएको छ । उक्त शाखामा नगद बाहेक अनुमानित २३ लाख ४ हजार ८८३ बराबरको क्षति भएको छ ।
एनएमबि बैंकः बाढीले एनएमबि बैंकको टिमुरे शाखा बगाउँदा शाखामा रहेको भल्टसहित भल्टमा राखिएको ७३ लाख ४१ हजार ५८८ रुपैयाँ पनि बगाएको छ । बैंकको उक्त शाखामा नगद बाहेक अनुमानित २ लाख ७५ हजार बराबरको क्षति भएको छ ।
प्रभु बैंकः बाढीले प्रभु बैंकको स्याफ्रुबेंसी शाखामा भल्टमा रहेको १ करोड ७८ लाख ६९ हजार १४७ रुपैयाँ बगाएको छ । उक्त शाखामा नगद बाहेक अनुमानित २४ लाख ४९ हजार ३५२ रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै, बैंकको टिमुरे शाखामा रहेको भल्टसहित बाढीले भल्टमा रहेको ७६ लाख २६ हजार २९५ रहेको रुपैयाँ बगाएको छ । उक्त शाखामा नगद बाहेक अनुमानित १६ लाख ४४ हजार ९४ बराबरको क्षति भएको छ ।
सानिमा बैंकः बैंकको टिमुरे शाखामा रहेको भल्टसहित बाढीले भल्टमा रहेको ३३ लाख २६ हजार ६९८ रुपैयाँ पनि बगाएको छ । बैंकको उक्त शाखामा नगदबाहेक अनुमानित ४८ लाख ३८ हजार ७९८ बराबरको क्षति भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्