Skip to content
LAXMI SUNRISE BANK

त्रिशूली ३-ए हाइड्रोको ढोका बन्द, भित्र ढुंगा नछिरेको अनुमान !

अर्थ सरोकार

काठमाडौँ । त्रिशूली ३-ए हाइड्रोपावरको सुरुङको ढोका बन्द भएको पाइएको छ । भोटेकोशीमा आएको भीषण बाढीपछि उद्धारमा सक्रिय प्राविधिक टोलीले सुरुङको ढोका बन्द भएको बताएको हो । 

‘सुरुङको ढोका बन्द छ । स्ल्याबले ढोका बन्द गरिदिएछ ।’, उद्धारमा सहकारी प्राविधिकले भने, ‘सुरुङको ढोका नै बन्द भएकाले भित्र अरु ढुंगा नछिरेको विश्वास गरेका छौँ ।’

उक्त सुरुङभित्र ठूलो संख्यामा मानिसहरु थुनिएको हुनसक्ने आशंका गरिएको छ । हाल सुरुङ खोल्ने, ठूला ढुंगाहरु विस्फोट गर्ने र हिलो सफा गर्ने काम भइरहेको छ । 

नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले आजै (बुधबार) सुरुङभित्र छिर्ने योजना अनुसार काम गरिरहेको उद्धारमा सहभागी प्राविधिकहरुको भनाई छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK