काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कर्मचारी सञ्चय कोषले रू. दुई करोड ५० लाख आर्थिक सहयोग गरेको छ । कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
कोष सञ्चालक समितिका अध्यक्ष भूपाल बराल, कोषका प्रशासक विजयकुमार श्रेष्ठलगायत कोषका वरिष्ठतम् अधिकृतहरूले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा रू. दुई करोड ५० लाखको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले विपद्को समयमा कोषले गरेको सहयोगका लागि कर्मचारी सञ्चय कोष परिवारप्रति धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष बरालले प्राकृतिक विपद्, महाभूकम्प, महामारीलगायतका राष्ट्रिय सङ्कटका समयमा कर्मचारी सञ्चय कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गर्दै आएको बताए । सोही निरन्तरताअन्तर्गत भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको उनले बताए ।
त्यसैगरी, कोषका प्रशासक श्रेष्ठले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले आगामी दिनमा पनि कोषले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा राष्ट्रिय सङ्कटको समयमा आवश्यक सहयोग र सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कर्मचारी सञ्चय कोषले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै, बाढीबाट प्रभावित नागरिकको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षबाट आवश्यक सहयोग र सहकार्य हुने अपेक्षा गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्