काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विषेशगरी बागमती प्रदेशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।
त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडकखण्डअन्तर्गत रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेलगायत विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ ।
टोखा-छहरे तथा पासाङल्हामु सडकखण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका-घट्टेखोलामा राति १०ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । बेत्रावती नगरपालिका-१० सिमटारमा सडक पूर्ण रूपमा अवरुद्ध छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभीरमा पहिरोका कारण सडक अवरुद्ध छ भने गजुरी-२ परेवा भीरमा साना सवारीसाधन एक लेनबाट सञ्चालन भइरहेका छन् । ज्वाडखोला र कमेरेभीरमा पहिरो हटाई एकतर्फी सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ-धादिङ सडकखण्डअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा गएराति पहिरो हटाएपछि अहिले एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी क्षेत्रमा बाढीको जोखिमलाई ध्यानमा राखी सवारी सञ्चालनमा समयसीमा निर्धारण गरिएको छ । साँझ ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइएको छ भने बिहान ४ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म अवस्था मूल्याङ्कन गरी अन्य सवारी सञ्चालन गर्न अनुमति दिइएको छ ।
प्रहरीले यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न तथा जोखिमयुक्त क्षेत्रमा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्