Skip to content
LAXMI SUNRISE BANK

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

अर्थ सरोकार

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् । जबरालाई गएराति महाराजगञ्जस्थित उनकै घरबाट पक्राउ गरिएको हो । 

जबरालाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालय टेकुले पुष्टि गरेको छ । तर, उनलाई पक्राउ गर्नुको कारण भने खुलाइएको छैन । 

पूर्वप्रधानन्यायाधीश जबरा २०७८ साल फागुनमा संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका थिए । उनीमाथि विभिन्न २१ अभियोग लगाइएको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK