काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ । सुरक्षा कारण देखाउदै पक्राउ परेका पूर्वप्रधानन्यायाधीश जवरालाई प्रहरीले परिवारको जिम्मा लगाएको हो ।
शनिबार मध्यराति घरबाटै पक्राउ परेका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइसकिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । ‘डिस्कर्ड ग्रुप’मा जबराविरुद्ध विभिन्न अफवाह फैलिएको भन्दै सुरक्षाका निम्ति नियन्त्रण लिइएको प्रहरीको दाबी छ ।
उनलाई भेट्न भनेर कार्यालय पुगेको मानव अधिकार आयोगको टोलीलाई पनि प्रहरीले भेट्न दिएन । गेटमा करिब ४५ मिनेट कुर्दा पनि भेट्न नदिइएपछि आयोगको टोली फर्किएको थियो । प्रहरीले जबरालाई पक्राउ गर्नुपर्ने स्पष्ट कारण नखुलाएपनि सुरक्षा प्रमुख कारण देखाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्