काठमाडौं । भदौ १० गते रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख ६ सय ६५ रुपैयाँ जम्मा गरेको छ ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङसहित आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै संस्थाले प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरेको हो । संस्थाका कम्पनी सचिव विनोदकुमार चौधरीका अनुसार रकम कोषमा दाखिला गरिएको छ ।
कुल रकममध्ये संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट १६ लाख रुपैयाँ र कर्मचारीहरूबाट संकलित १४ लाख ६ सय ६५ रुपैयाँ रहेको छ ।
संस्थाले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष भगवती चौधरीले राष्ट्र विपत्तिको चपेटामा परेको अवस्थामा देश र जनताको हितमा सरकारको राहत अभियानमा संस्थाले आफ्नो तर्फबाट योगदान गरेको बताइन् ।
फरवार्ड माइक्रोफाइनान्स नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्था हो । संस्थाले हाल नेपालका ४० जिल्लामा १५९ शाखामार्फत गरिब तथा विपन्न समुदायका महिलालाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। संस्थामा २ लाख ८४ हजार ग्राहक सदस्य आबद्ध रहेको जनाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्