Skip to content
LAXMI SUNRISE BANK

भोटेकोशी बाढीः प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा गरिमा विकास बैंकद्वारा १ करोड १ लाख सहयोग

अर्थ सरोकार

काठमाडौँ । गरिमा विकास बैङ्कले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि रु एक करोड एक लाख ११ हजार सहयोग गर्ने भएको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीका अनुसार प्रभावित जिल्लाका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकका कर्मचारीको एक दिनको तलब तथा भत्ताबापत रु १६ लाख २० हजार ५५० बराबरको सहयोग उपलब्ध गराइएको छ । यस्तै, बैङ्कका तर्फबाट रु ३४ लाख ९० हजार ५६१ बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

यसैगरी, बैङ्कले प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुनःस्थापनासम्बन्धी कार्यक्रमका लागि संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट स्थानीय निकायसँगको समन्वयमा थप रु ५० लाख बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैङ्कले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK