Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य २३ सय रुपैयाँले घट्यो

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला ३ लाख १८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ५ सय  रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ६० रुपैयाँले घटेर प्रतितोला ४६२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK