Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले घट्यो

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ हजार ८ सय रुपैयाँले घटेर ३ लाख १ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २५५ रुपैयाँले घटेर प्रतितोला ४६०० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख ५८ हजार ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३९४४ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK