काठमाडौँ । नेपालमा अष्ट्रेलियन ब्रान्ड आईविवी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रा. लि.ले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ नगद सहयोग गरेको छ ।
कम्पनीले बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आईविवीका उत्पादन बिक्रीबाट प्राप्त रकममध्ये सहयोग जुटाएको जनाएको छ । कम्पनीका अनुसार उक्त रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।
चेक हस्तान्तरण कार्यक्रममा आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्यूटी कुमारी सर्राफले विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्न पाएकोमा गौरव महसुस भएको बताइन् । उनले आईविवीका उत्पादन खरिद गर्ने उपभोक्ता, रिटेलर तथा डिलरहरूको साथ र विश्वासका कारण तीन दिनमै ५० लाख रुपैयाँ सहयोग जुटाउन सम्भव भएको दाबी गरिन् ।
उनले आईविवीका उत्पादन खरिद गर्ने उपभोक्ताप्रति आभार व्यक्त गर्दै उनीहरूको साथ र सहयोगबिना राहत रकम जुटाउन सम्भव नहुने बताइन् ।
सर्राफका अनुसार पछिल्ला तीन दिनमा आईविवीका उत्पादन खरिदमा उपभोक्ताले खर्च गरेको रकमलाई आधार बनाएर ५० लाख रुपैयाँ राहत कोषमा जम्मा गरिएको हो । उनले यो सहयोग कम्पनीको मात्र नभई उपभोक्ता, रिटेलर र डिलर सबैको संयुक्त योगदान भएको बताइन् ।
‘यो डोनेसन आईविवीले होइन, तपाईँहरूले गर्नुभएको हो। यसमा मामुहरू सबैको हिस्सा छ, रिटेलरको मेहनत छ, डिलरको विश्वास छ। हामीले त्यही विश्वासलाई जोडेर यो सम्भव बनाएका हौँ,’ उनले भनिन् ।
कम्पनीले विपद्का समयमा प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आफ्ना उपभोक्ता, रिटेलर तथा डिलर नेटवर्कलाई समेत जोडेर राहत अभियान सञ्चालन गरेको जनाएको छ । सर्राफले उक्त सहयोग अभियानको सूत्रधार बन्न पाएकोमा आफूलाई गर्व लागेको बताइन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्