काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छिन् । मन्त्री यादवले बिहीबार राजीनामा दिएकी हुन् ।
मन्त्रीले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएको मन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।
खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि र चौतर्फी विरोध हुन थालेपछि मन्त्री यादवले संसदीय समितिको बैठकमा ग्यास उद्योगीका कारण बजारमा ग्यास सर्टेज भएको अभिव्यक्ति दिएकी थिइन् ।
यतिमात्र होइन, उनले उद्योगीहरुलाई पाता कस्नुपर्ने भन्दै आक्रोश पोखेकी थिइन् । मन्त्रीको यस्तो अभिव्यक्तिपछि उनको झन् धेरै विरोध भएको थियो । अन्ततः उनले बिहीबार पदबाटै राजीनामा दिएकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्