Skip to content
LAXMI SUNRISE BANK

कालीगण्डकीको बाढीले फर्सेका करिब ४० घर बगायो

अर्थ सरोकार

काठमाडौँ । लगातारको भारी वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका-८ फर्सेमा करिब ४० घर बगाएको छ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकीमा पानीको बहाव बढेपछि बाढी आएको हो ।

बाढीले फर्से क्षेत्रमा ठूलो क्षति पुर्‍याउँदै सयौँ रोपनी खेतीयोग्य जमिनसमेत कटान गरी बगाएको स्थानीयले बताएका छन् ।

बाढीले बागलुङ नगरपालिका-४ र फर्से जोड्ने झोलुङ्गे पुलसमेत बगाएको छ । पुल बगेपछि स्थानीयको आवतजावत प्रभावित भएको छ । कालीगण्डकी नदीको कटान र बाढीका कारण फर्से तथा बागलुङ नगरपालिका क्षेत्रका दर्जनौँ घर अझै उच्च जोखिममा रहेका छन् ।

जोखिममा रहेका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था देखिएको छ । प्रशासन तथा सुरक्षा निकायले क्षतिको विवरण संकलन तथा जोखिम क्षेत्रको निरीक्षण गरिरहेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK