काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमामा १३ लाख रुपैयाँ सहयोग गरेको छ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले लघुवित्त र कर्मचारीहरुको तर्फबाट प्रधानमन्त्री राहत कोषमा १३ लाख रुपैयाँ सहयोग गरेको हो ।
लघुवित्तले आफ्नो सामाजिक उत्तरदायित्व कोषबाट ५ लाख ७३ हजार ९९८ रुपैयाँ ४१ पैसा र कर्मचारीको तर्फबाट स्वेच्छिक रूपमा संकलित ७ लाख २६ हजार १ रुपैयाँ ५९ पैसा गरी कुल १३ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त रु. १३ लाख सहयोग रकमको बैंक भौचर/प्रमाण संस्थाका अध्यक्ष मोहन हरि आचार्य तथा सञ्चालक निमानन्द कँडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
लघुवित्तले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा अहोरात्र खटिएका नेपाल सरकारका सम्बन्धित निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामाजिक संघ-संस्था, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीहरूप्रति कृतज्ञता व्यक्त गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्