Skip to content
LAXMI SUNRISE BANK

मलेसियामा तलब र ज्याला दुवैमा सुधार, सन् २०२५ मा औसत मासिक कमाइ ४.१ प्रतिशतले बढ्यो

अर्थ सरोकार

काठमाडौँ । मलेसियामा सन् २०२५ मा नागरिकहरूको औसत मासिक तलब र ज्यालामा ४.१ प्रतिशतको वृद्धि देखिएको छ । मलेसियाको तथ्यांक विभागले सोमवार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार औसत मासिक कमाइ ३ हजार ८ सय ३ रिंगिट (करिव ९ सय ३३ अमेरिकी डलर) पुगेको हो ।

तथ्यांक विभागका अनुसार मध्यम मासिक तलबमा भने ५.३ प्रतिशतको वृद्धि देखिएको छ । जसले २ हजार ९४० रिंगिटको बिन्दु छोएको छ । 

यो तथ्यांकले मलेसियाको श्रम बजारमा देखिएको सकारात्मक सुधार र श्रमिकको आम्दानी स्तरमा भएको वृद्धिलाई पुष्टि गरेको छ । श्रम बजारको विस्तारमा सेवा क्षेत्रको भूमिका सबैभन्दा महत्वपूर्ण देखिएको छ । 

कुल ज्याला प्राप्त गर्नेहरूमध्ये ७१.५ प्रतिशत हिस्सा सेवा क्षेत्रले ओगटेको छ । यस क्षेत्रमा काम गर्नेको संख्यामा १.८ प्रतिशतले वृद्धि भई ७४ लाख २० हजार पुगेको छ । विभिन्न क्षेत्रगत तथ्यांकलाई हेर्दा, खानी तथा उत्खनन क्षेत्रमा कार्यरत श्रमिकले सबैभन्दा बढी तलब पाइरहेका छन् । जहाँ औसत मासिक तलब ६ हजार १७५ रिंगिट रहेको छ । यसपछि क्रमशः सेवा क्षेत्रमा ३ सय ९९३, उत्पादन क्षेत्रमा ३ हजार ३५७, निर्माण क्षेत्रमा ३ हजार १८८ र कृषि क्षेत्रमा २ हजार ५७५ रिंगिट औसत तलब रहेको छ । 

मलेसियाली अधिकारीहरूले यस वृद्धिलाई अर्थतन्त्रको सुदृढीकरणका रूपमा लिएका छन् । तथापि, भविष्यमा वास्तविक ज्याला वृद्धि र श्रमिकको जीवनस्तर सुधारलाई दिगो बनाउन उत्पादन क्षमता बढाउने, सीप विकास गर्ने र उच्च मूल्यका रोजगारी सिर्जना गर्ने कार्यमा केन्द्रित हुनुपर्ने आवश्यकता विभागले औँल्याएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK