काठमाडौँ । ठमेलमा युवतीमाथि दुर्व्यवहार गर्ने युवक पक्राउ परेका छन् । सडकमा हिँडिरहेकी युवतीलाई दुर्व्यवहार गर्ने शालीन शाहलाई प्रहरीले पक्राउ गरेको हो ।
शाहलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कलंकीबाट पक्राउ गरेको हो ।
केही दिनअघि एक युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त भिडियोमा शाहले बाटो हिँडिरहेकी युवतीमाथि दुर्व्यवहार गरेको देखिएको थियो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
सोही भिडियो र घटनाबारे अनुसन्धान गरेको प्रहरीले शाहलाई कलंकीमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्