Skip to content
LAXMI SUNRISE BANK

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । आधा किलो सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक व्यक्ति पक्राउ परेका छन् । बिहीबार प्रहरीले कतारको दोहा हुँदै काठमाडौँ आएका ४२ वर्षीय मोहम्मद चेरा थोडीलाई पक्राउ गरेको हो । 

पक्राउ परेका थोडीको साथबाट प्रहरीले ५ सय ३६ ग्राम सुन बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा खानतलासी गर्दै थोडीको साथबाट सो सुन बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई पार्किङ एरियाबाट पक्राउ गरिएको हो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK