Skip to content
LAXMI SUNRISE BANK

नबिल बैंक एडिबीको ‘लिडिङ पार्टनर बैंक’ अवार्डबाट सम्मानित

अर्थ सरोकार

काठमाडौँ । नबिल बैंकले ‘लिडिङ पार्टनर बैंक’ अवार्ड पाएको छ । एसियाली विकास बैंक (एडिबी)को १२औँ वार्षिक ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) मा बैंकले सो अवार्ड पाएको हो ।

एडीबीले एसिया तथा प्रशान्त क्षेत्रमा व्यापार तथा आपूर्ति शृंखला वित्तको विकासमा पुर्याएको योगदान, साझेदारी सुदृढीकरण तथा व्यवसाय र आर्थिक वृद्धिमा पुर्याएको सहयोगको कदरस्वरूप बैंकलाई उक्त सम्मान प्रदान गरेको हो ।

बैंकले उक्त सम्मानले एसिया तथा प्रशान्त क्षेत्रमा व्यापार तथा आपूर्ति शृंखला वित्तको विस्तारप्रति आफ्नो निरन्तर प्रतिबद्धता थप बलियो भएको जनाएको छ ।

साथै, यसले क्षेत्रीय साझेदारीलाई सुदृढ गर्दै व्यवसाय तथा आर्थिक गतिविधिको विकासमा थप योगदान गर्न प्रेरणा मिलेको बैंकको भनाइ छ ।

अवार्ड समारोह ग्लोबल ट्रेड रिभ्यु (जीटीआर) एसिया सम्मेलनसँगै आयोजना गरिएको थियो। कार्यक्रममा एसिया तथा प्रशान्त क्षेत्रका विभिन्न देशबाट व्यापार वित्त क्षेत्रका विज्ञ, साझेदार बैंक तथा उद्योग क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK