काठमाडौँ । नेपाल ग्यास उद्योग प्रा.लिले तोकिएको भन्दा महँगोमा ग्यास बेच्नेको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । एक सूचना जारी गर्दै नेपाल ग्यासले यस्तो चेतावनी दिएको हो ।
बजारमा डिलरहरुले प्रति सिलिन्डर २८ सयदेखि ३ हजारसम्म असुली भइरहेको भन्दै गुनासो गर्ने बढेपछि नेपाल ग्यासले सूचना नै जारी गरेर ग्यासको मूल्य २१ सय ६५ रुपैयाँ ३८ पैसा तोकिएको बताएको छ ।
‘हालको परिस्थितिलाई मध्यनजर गर्दै ग्यासको मूल्य २०६० तथा १०५.३८ गाडी भाडा समेत जोडेर जम्मा २१६५.३८ मा बिक्री वितरण गर्नुहोला ।’, नेपाल ग्यासको सूचनामा उल्लेख छ ।
त्यस्तै, नेपाल ग्यासले तोकिएको सो भन्दा बढि मूल्य लिई बिक्री गरेको प्रमाण भेटिएमा अधिकृत बिक्रेता समेत खारेज गर्न सकिने भन्दै तोकिएकै मूल्यमा ग्यास बेच्न पनि बिक्रेतालाई निर्देशन दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्