Skip to content
LAXMI SUNRISE BANK

बुधबार १५.४३ अंकले घट्यो नेप्से परिसूचक, बजार २५४५.४० बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक १५.४३ अंकले घटेर २५४५.४० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५२ कम्पनीको १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब १९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ । यस कम्पनीको ४२ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, इमर्जिङ्ग नेपाल लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK