काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३५२ कम्पनीको १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ७६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रो लिमिटेडको भएको छ । यस कम्पनीको ३९ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, सानिमा ग्रोथ फण्डका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । या कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्