Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ७.०६ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६५४.२८ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५६ कम्पनीको २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको भएको छ । यस कम्पनीको ४४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा मिड सोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, स्नो रिभर्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK