Skip to content
LAXMI SUNRISE BANK

बिहीबार ११.७७ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६२९.८१ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चोथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५६ कम्पनीको १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्ट्स लिमिटेडको भएको छ । यस कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा नेपाल ल्यूव आयल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १२ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, मिड सोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ११ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK